साप्ताहिक संवाददाता
अभिनेत्री तथा नेतृ करिश्मा मानन्धरले आफ्ना श्रीमान् विनोद मानन्धरलाई श्रीमान् नभै साथी मात्र भएको प्रतिक्रिया दिएकी छिन् ।
मतदाता परिचय पत्र नबनाइदिएको आरोपमा सामाजिक सञ्चालमा श्रीमान्विरुद्ध आक्रोश व्यक्त गरेकी करिश्माले हालै दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो वैवाहिक सम्बन्धका बारेमा मुख खोलेकी हुन् । पत्रकारहरूलाई सम्बोधन गर्दै करिश्माले भनिन्– पहिलो चरणको स्थानिय निर्वाचनमा भोट हाल्न नपाउँदा मलाई निकै दु:ख लाग्यो । यो सबै विनोदको भर पर्दा भएको हो ।
वास्तवमा विनोद मेरो लोग्ने होइनन्, साथी मात्र हुन् । पत्रकार सम्मेलनमा करिश्माले आफ्नै श्रीमान्लाई घरको होस्टेल वार्डेन समेत भएको बताउँदै भनिन्— मैले चढ्ने कार पनि उनैले सर्भिस गर्छन् । मैले उनलाई डर देखाउनका लागि फेसबुकमा आक्रोश पोखेकी हुँ । उक्त आक्रोशपछि विनोद निकै डराएका छन् ।