जेष्ठ २३, २०७४
मेचीनगरस्थित देही आर्टका कलाकारहरूले गणतन्त्र दिवसको सन्दर्भ पारेर कलामा नेपाली मन शीर्षकमा म्युरल चित्रकला बनाएका छन् । पप ग्राफिक शैलीमा तयार पारिएको १२ फिट लम्बाइको चित्र मुटुको आकारमा छ ।
मुटुभित्र चन्द्र–सूर्य अंकित राष्ट्रिय झन्डा देख्न सकिन्छ । करिब ५ घण्टा लगाएर तयार पारिएको चित्रमा छितेन शेर्पा, सागर मगर, विष्णु लिम्बू, विनोद राजवंशी, सविन मुखिया, रोसन सुब्बा तथा रीना राईले कुची चलाएका छन् । देहीको यो अभियानलाई हाम्रो नेपाल नामक संस्थाले सघाएको थियो ।