जेष्ठ २८, २०७४
हिमाञ्चल प्रदेशमा हालै सम्पन्न विवाहले एक दम्पतीलाई भारतकै सबैभन्दा कम उचाइ भएको जोडीका रूपमा प्रस्तुत गरेको छ ।
सरकारी सेवामा कार्यरत ३४ वर्षीय राजेशकुमार र ३० वर्षीया सिल्जाकुमारीको मागी विवाह भएको थियो । साढे २ फिटका राजेश र सिल्जा होचो भएकै कारण आफूले जीवनसाथी नपाउने कुरामा चिन्तित थिए भने यो विषयलाई लिएर उनीहरूको परिवारमा समेत चिन्ता थियो । जीवनसाथीको निर्णय स्वर्गमै भएको हुन्छ भन्ने पूर्वीय धार्मिक मान्यताअनुसार आफूले जीवनसाथी पाएको राजेश बताउँछन् ।
दुवै दम्पतीको उचाइ जोड्ने हो भने ५ फिट हुन्छ उचाइअनुसार जीवनसाथी पाएका कारण परिवारका सदस्यहरूले उनीहरूको विवाह धूमधामसँग गरिदिएका थिए ।