हङकङको स्थानिय मल्टिप्लेक्स थिएटरमा पहिलो पटक नेपाली चलचित्र ‘लप्पन छप्पन’ प्रर्दशन भएको छ । फिल्म महोत्सवहरुमा कालोपोथी, सेतो सुर्य लगायतका चलचित्र प्रर्दशन भएपनि ब्यवसायीकरुपमा यो पहिलो हो ।
हङकङको स्थानिय कार्यक्रम हलमा महिनौजसो नेपाली फिल्म प्रर्दशन हुन्छन, प्रोजेक्टर मार्फत देखाईने फिल्मको गुणस्तर राम्रो भएन भन्ने आरोपलाई यो प्रयासले केहि हदसम्म पुरा गर्ने आयोजक बताउँछन् ।
३ सय सिट क्षमताको डोल्बि साउण्ड सिस्टम, डिजिटल क्वालिटी रहेको फिल्म हलमा नेपाली चलचित्र प्रर्दशन हुदाँ गौरव महसुस भयो । अंग्रेजी, चाईनिज र समय समयमा लाग्ने हिन्दी चलचित्रसँगै नेपाली चलचित्रको प्रर्दशन, अन्तराष्ट्रिय बजार विस्तारको शुरुवाती कदम हो सहभागी दर्शकहरुले बताए ।
पैसा, पावर र प्रेमको थ्रिलर एक्सन रहेको चलचित्रलाई डिटु ईन्टरटेन्मेन्टले हङकङ प्रर्दशनको संयोजन गरेको हो । हङकङमा रहेका नेपाली दर्शकहरुलाई गुणस्तरीय मनोरञ्जनसँगै नेपाली कला र प्रविधिको विकासलाई नजिकबाट देखाउँने उदेश्यले डिटु ईन्टरटेन्मेन्टको शुरुवात गरिएको संस्थापक केन्जो राई र धर्मराज मगर बताउँछन् ।
५० प्रतिशत छायाङ्कन युरोपमा गरिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, बर्षा सिवाकोटी, प्रकाशजंग शाह, सिद खरेल लगायतको अभिनय रहेको छ । फिल्मलाई मनोज भट्टले निर्देशन गरेका हुन् ।