साप्ताहिक संवाददाता
मुम्बईमा बेचिएकी चेलीको कथा–व्यथा भरिएको ‘छानो हाल्ने सपनीमा म बेचिनुपर्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका चन्दा देवानको स्वर छ र यसमा शंकर थापा इस्माइलले संगीत भरेका छन् ।
मानव तस्करीको अबोध सिकार बनेर बर्सेनी हजारौं चेलीबेटीले नर्कतुल्य जीवन बिताउनुपरेको यथार्थलाई प्रतिनिधित्व गर्ने किसिमले गरिएको छ । आर्थिक संकटका कारण अहिले पनि धेरै नेपालीले छानो छाउन विभिन्न प्रलोभनमा पर्नुपर्ने दुरुह अवस्थालाई भिडियोमा प्रस्तुत गरिएको छ ।
गीतको म्युजिक भिडियोमा अभिनेत्री ऋचा शर्मा र र्यापर गिरिश खतिवडाले मुख्य भूमिका निर्वाह गरेका छन् । उनीहरूका साथै यस भिडियोमा सुरेन्द्र केसी मुलासाग, पल्पसा डंगोल, जेनी कुँवर, गोमा केसी, सुजन रेग्मीसमेतले अभिनय गरेका छन् । म्युजिक भिडियोमा अतिथि भूमिकामा ‘सिएनएन हिरो’ तथा चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा सक्रिय माइती नेपाल संस्थाकी अध्यक्ष अनुराधा कोइरालालाई पनि देख्न सकिन्छ ।
विदुर पान्डेको छायाँकन, अन्जय खड्का र टेकेन्द्र शाहले सम्पादन गरेको गीतको रचना तुलसी बस्नेतका हुन् । उक्त म्युजिक भिडियो सञ्चारकर्मी विदुर खतिवडाले निर्देशन गरेका हुन् ।
म्युजिक भिडियो