साप्ताहिक संवाददाता
जेष्ठ ३०, २०७४
गायक हिमाल सागर आफ्नो नयाँ गीत ‘चञ्चले चुलबुले...’ को म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् ।
सोमबार प्रिमियर गरिएको उक्त भिडियोमा गायक हिमाल सागरले अभिनेत्री श्रद्धा प्रसाईंसंग आकर्षक नृत्य तथा अभिनय गरेका छन् ।
रोहन पौडेलको शब्द तथा गायक हिमाल सागरकै संगीत निर्देशनको उक्त गीतलाई सञ्जय हमालले संगीत संयोजन गरेका छन् । अर्जुन अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोलाई हरि हुमागाईँले छायांकन गरेका हुन् भने निशान घिमिरे उक्त भिडियोका सम्पादक हुन् । के एण्ड के प्रोडक्सनले उत्पादन गरेको यो भिडियोमा सुरेन्द्र बसेलले नृत्य निर्देशन गरेका छन् ।
चञ्चलेको म्युजिक भिडियो :