जेष्ठ ३०, २०७४
मिस नेवा: पूर्वाञ्चलको उपाधि झापा धुलावारीकी १७ वर्षीया आरजु श्रेष्ठले जितेकी छिन् । आरजुले नेवा: देय दवु, झापाले बिर्तामोडमा आयोजना गरेको प्रतियोगितामा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
प्रतियोगितामा झरना श्रेष्ठ फस्ट रनर्सअप तथा सञ्जीता श्रेष्ठ सेकेन्ड रनर्सअप घोषित भए । उक्त प्रतियोगिताको कोरियोग्राफी एलसी श्रेष्ठले गरेका थिए ।