जेष्ठ ३०, २०७४
कुनै पनि अभिनेत्रीसँग दोहोर्याएर चलचित्रमा अभिनय नगर्ने अघोषित कसम खाएका अभिनेता आमिर खानले अहिले आएर उक्त कसम तोडेका छन् ।
यसअघि करिना कपुर खानका लागि मात्र उक्त कसम तोडेका आमिरले अहिले अभिनेत्री कट्रिना कैफका लागि कसम तोडेका हुन् । आमिरको नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ मा कट्रिना पनि सहभागी भएकी छिन् । सामाजिक सञ्जालमा आमिरले उक्त कुरा पुष्टि गर्दै कट्रिनालाई आफ्नो चलचित्रमा स्वागत गरेका छन् ।
‘टाइगर जिन्दा है’ शीर्षकको ठूलो बजेटको चलचित्रमा व्यस्त कट्रीनाका लागि यो वर्षको अर्को ठूलो बजेटको चलचित्र हुनेछ । कट्रिनाले यसअघि आमिरसंग ‘धूम–३’ मा अभिनय गरेकी थिइन् । धूम–३ का निर्देशक विजयकृष्ण आचार्यले नै ‘ठग्स अफ हिन्दुस्तान’ निर्देशन गर्दैछन् ।