साप्ताहिक संवाददाता
शुभ मिडिया होमको प्रस्तुतीमा निर्माण भएको टेलिचलचित्र ‘कर्मको फल’ नेपाली सहित पाँच भाषामा निर्माण भएको छ । जस अन्तरगत भोजपुरी, मैथली, नेवारी, तामाङ भाषाहरु छन् ।
एनटिभीबाट प्रत्येक बुधवार राति ७ बजेर २५ मिनेटमा समाजको ऐना कार्यक्रम अन्र्तगत प्रशारण हुने ’कर्मको फल’मा जस्तो काम गर्यो त्यस्तै फल पाइन्छ भन्ने कुरा देखाईएको छ । सरोज ओलीद्धारा निर्देशित चलचित्रमा रबि डंगोल, रमेश बुढाथोकीका साथ गौरी मल्ल, मञ्जु श्रेष्ठ, शिवहरी आचार्य, नीरज नेपाल, कमल नेपाल, बिष्णु बुढाथोकी, मुकुन्द आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
रबि डंगोल टेलिचलचित्रमा एक कालोबजारी गर्ने ब्यापारीको भुमिकामा देखिएका छन् भने कलाकार रमेश बुढाथोकी भने सम्पूर्ण प्रक्रिया पुरा गरी ब्यापार गर्ने ब्यापारीको भुमिकामा देखिएका छन् । टेलिचलचित्रमा नियम संगत ब्यापार गर्ने र कालोबजारी गरी नियम बिपरित ब्यापार गर्ने बिचको फरकलाई देखाईएको छ ।
कर्मको फल टेलिचलचित्र