साप्ताहिक संवाददाता
जेष्ठ ३१, २०७४
अभिनेत्री स्वस्तिमा खड्का यतिबेला चर्चामा छिन् । यसअघि केही चलचित्रमा अभिनय गरे पनि दर्शकले उनलाई खासै वास्ता गरेका थिएनन् । पछिल्लो चलचित्र ‘लभ लभ लभ’ पछि परिचित स्वस्तिमालाई यतिबेला चलचित्र ‘दुई रुपैयाँ’ को एउटा गीतले चर्चा दिलाएको छ ।
‘सुपारी दाना...’ गीतमा आकर्षक नृत्य गरेपछि उनी दर्शकको नजरमा परेकी हुन् । राजनराज शिवाकोटीको उक्त गीतमा स्वस्तिमाले आफ्नै श्रीमान् निश्चल बस्नेतसहित आसिफ शाह र बुद्धि तामाङसँग ठुम्का लगाएकी छिन् । युट्युबमा अपलोड भएको केही दिनमै लाखौं पटक हेरिएको उक्त गीतमा आफ्नो नृत्य मन पराइएपछि स्वस्तिमाको खुसी ह्वात्तै बढेको छ । यसअघि यत्तिको खुलेर नृत्य नगरेकी स्वस्तिमा आगामी दिनमा नृत्य नृत्यपरक चलचित्र तथा गीतमा देखा परिन् भने अचम्म नमाने हुन्छ ।