साप्ताहिक संवाददाता
मिस नेपाल २०१७ को उपाधि विजेता निकिता चाण्डकलाई गृहनगर उर्लाबारीमा भव्य स्वागत गरिएको छ ।
गृहनगर पुग्दा उनलाई उनका हजारौ प्रसंसकले स्वागत गरेका थिए । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै निकिताले आफु अत्यन्तै हर्षित र उत्साहित भएको प्रतिक्रिया दिइन् । मेरो जित तपाई सम्पूर्ण नगरवासी माझ बाँड्न चाहन्छु । मिस नेपालको ताज जित्न यहाँ रहेका परिवार, आफन्त, गुरुबर्ग अनि अन्य विभिन्न संघसंस्थाको ठुलो भुमिका रहेको भन्दै उनले सबैलाई धन्यवाद पनि दिइन् ।
उनले मिस वल्र्ड २०१७ का लागि निकै मिहेनत गर्ने बताईन् । सम्पुर्ण नेपाल र नेपालीको शिर उचो राख्न आफुले नेपालको प्रतिनिधित्व गरेको बताउँदै मिस वल्र्डमा उपाधि चुम्नु आफ्नो मुख्य उद्देश्य रहेको उनले बताइन् ।
उनलाई मिस नेपालको उपाधि दिलाउन उर्लाबारीका बासिन्दाले उनको नाममा जिताउ अभियान समेत संचालन गरेका थिए ।