मेष
आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । हितैषीका नौला प्रस्ताव सुनेर निर्णय परिवर्तन गर्ने मनस्थितिमा पुगिनेछ । काममा समयमै होस पुर्याउँदा आफ्नै कल्याण हुनेछ । रातो रंगको प्रयोग फाप्ने देखिन्छ । स्वास्थ्यसम्बन्धी गडबडीले सताउन सक्छ । साताको अन्त्यमा दिगो लगानी गर्ने अवसर प्राप्त हुँदा उत्साह जाग्नेछ ।
वृष
विपन्नहरूलाई सहयोग गरेर सामाजिक प्रतिष्ठा आर्जन गरिनेछ । आफूले गरेको कार्य सफल भै प्रेमिकाबाट बधाई पाउँदा मन प्रसन्न हुनेछ । आफ्नो परिचय अझ विस्तृत बनाउने अवसर जुट्नेछ । उपहारका साथ भेट्न आउनेहरूसँग सावधानी अपनाउनुहोला । बोलीमा थप प्रभाव पार्न सेतो रंग प्रयोग गर्नु लाभदायक हुन्छ ।
मिथुन
अभिभावकको समर्थन बेगर गरिएको सामाजिक नेतृत्वले विवादमा पुर्याउने सम्भावना छ । प्रेमिकाले नौलो स्थानको भ्रमण गर्ने आकस्मिक प्रस्ताव राख्न सक्छिन् । रोजगारीमा सफलता प्राप्त गर्न विशेष मेहनतको आवश्यकता छ । सवारी साधन चलाउँदा विवेक पुर्याउनु होला । साताको अन्त्यमा स्वास्थ्यको ख्याल गर्नुहोला ।
कर्कट
भौतिक साधन उपयोग गरी अरूलाई आकर्षित गरिनेछ । आफूले मन पराएको साथीको भावनाको कदर गर्नु होला । सोतो रंगलाई पछ्याउँदा अपेक्षाभन्दा छिटो सफलता प्राप्त हुनेछ । मित्रहरूको वचन परिवर्तनले आर्थिक हैरानी बेहोर्नुपर्ने हुनसक्छ । साताको अन्त्यमा नयाँ स्थानको भ्रमण हुन सक्छ ।
सिंह
सरकारी तथा निजी क्षेत्रबाट रोजगारीका अवसरहरू जुट्न सक्छ । काममा अवरोध खडा गर्नेहरू सलबलाउन सक्छन्, गोपनीयतामा ध्यान दिनु होला । व्यवसायमा उत्तरचढाव आए पनि धन आर्जन गर्ने संयोग टरेको छैन । उद्योगधन्दा तथा व्यवसायबाट फाइदै हुनेछ । सोमबारपछिका दिनहरूमा थप सफलता प्राप्त होला ।
कन्या
नयाँ अवसरको खोजीमा हुनुहुन्छ भने केही दौडधूप गर्नुपर्ने हुनसक्छ । आफ्नो स्तर तथा हैसियतमुताबिक थप मेहनत गर्दा नै भविष्य सुनिश्चित हुनेछ । विदेश जाने प्रयत्न सफल तुल्याउन केही समय कुर्नुपर्ला । खराब आचरण एवं संगतबाट टाढै रहन सक्नुमा आफ्नो कल्याण छ ।
तुला
धैर्यतापूर्वक गरेका कामलाई विशिष्ट व्यक्तिले उच्च मूल्यांकन गरी सेवा गर्ने अवसर प्रदान गर्न सक्छन् । नयाँ कार्य सम्पन्न गर्न तन–मनबाटै ऊर्जा थपिएको अवस्था छ । सकारात्मक सोचलाई अवसरले साताभरि नै निरन्तर पिछा गर्नेछ । बाटामा अलमल्याएर गफ गर्ने साथीहरूबाट टाढै रहनुपर्नेछ ।
वृश्चिक
मनग्य लगानी गरी थालिएको कामले उल्टो परिणाम दिँदा निराशा उत्पन्न हुनसक्छ । अचानक प्रेम प्रस्ताव आइलाग्न सक्छ, परिस्थितिअनुरूप निर्णय गर्नुहोला । केही समयको अन्तरालमा साथीसँग भेटघट भै मनोरञ्जनमा सहभागी हँुदा समय तथा स्वास्थ्यप्रति ध्यान दिनुपर्नेछ । साताको अन्त्यमा आर्थिक समस्याले पिरोल्न सक्छ ।
धनु
तपाईंको व्यक्तित्व तथा उन्नति देख्नेहरू लोभिनेछन् । झिना–मसिना प्रविधिक कारणले रोकिएका कामहरू स्वत: अघि बढ्नेछन् । आफूलाई भित्रभित्रै मन पराउनेले केही समयको अन्तरपछि आफ्ना भावना व्यक्त गर्ने सम्भावना छ । विलासी तथा महँगा सामग्री खरिद गर्दा होस पुर्याउनुहोला ।
मकर
आफ्नो व्यवसायलाई उचाइमा पुर्याउन अभिभावकको सहयोग तथा सुझाव अनुसरण गर्नु होला । शुभकार्यका लागि आवश्यक सामग्री किनमेलमा समय खर्चनुपर्नेछ । भ्रमणका क्रममा खानपानको असावधानीले स्वास्थ्य समस्या देखा पर्न सक्छ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।
कुम्भ
पारिवारिक सल्लाहबेगर आफ्नो एकल निर्णयमा आर्थिक कारेबार गर्दा अप्ठ्यारो सिर्जना हुनसक्छ । परोपकार तथा सरसफाइको कार्यमा संलग्न भइनेछ । पहेंला धातु तथा विलासिताका सरसामानप्रति मन आकर्षित हुनेछ । अबेरसम्म बाहिर रहँदा स्वास्थको ख्याल गर्नुहोला ।
मीन
असहज परिस्थितिबाट उम्कन अपेक्षाभन्दा बढी मेहनत गर्नु पर्नेछ । साथीहरूले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । खानपान तथा मनोरञ्जनमा संयमित रहनु नै उपयुक्त हुन्छ । प्रेमी–प्रेमिकाको प्रस्ताव अविस्मरणीय हुनेछ । साताको अन्त्यतिर आर्थिक भार बढेर ऋणको चपेटामा पर्न सकिन्छ ।