चलचित्रमा तारेभीरका समसामयिक घटनाक्रमहरूलाई चित्रण गरिएको छ । देशलाई आपराधिक गतिविधिबाट मुक्त गर्न के–कस्तो कदम चल्नुपर्छ जस्ता धेरै कुराको मिश्रण हो- चलचित्र ‘तारेभीर’ । आज शुक्रबार देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘तारेभीर’लाई प्रेम सुब्बाले निर्देशन गरेका हुन् भने यसका निर्माता डी.के. देवान हुन् । नायिका रेखा फागो तथा नायक नवीन कार्की यही चलचित्रमार्फत नेपाली चलचित्रमा पदार्पण गर्दैछन् । रेखा यो चलचित्रमा प्रकृति नामकी मुख्य पात्र हुन् ।
रेखा चलचित्रमा धेरै संघर्ष र दु:ख गरी अप्ठ्याराहरूलाई पार लगाउने भूमिकामा प्रस्तुत हुँदैछिन् । यो चलचित्रमा प्रेम सुब्बा र कृष्ण आचार्यको कथा, कमल राईको नृत्य, जनक गुरुङको द्वन्द्व तथा रामप्रसाद चौधरीको सम्पादन हेर्न पाइन्छ ।
निर्देशक : प्रेम सुब्बा
संगीत : प्रकाश गुरुङ, सनुप पौडेल तथा ब्राबिम सेर्मा ।
कलाकार : विष्णु चेम्जोङ, नवीन कार्की, रेखा फागो, प्रेम सुब्बा, देउकृष्ण दिवान, रमेश सिंह, दिपेश श्रेष्ठ, अजय कुमार माझी, मन्जु श्रेष्ठ, रंजित राना, निर्मल शर्मा आदि ।
चलचित्र तारेभीरको ट्रेलर