साप्ताहिक संवाददाता
समय सान्दर्भिक र नयाँ काम गर्नुपर्छ । चर्चित भइएला भनेर होइन, इमानदार बनेर ।
नारायण न्यौपाने
कि त राम्रो काम गर्नुपर्छ कि त कसैले नगरेको काम गरेर देखाउनुपर्छ ।
डिल्लीराज पाण्डे
दाम कमाउ, नाम आफंै कमाइन्छ, अनि प्रसिद्ध पनि भइन्छ । जमाना दामकै छ ।
रवीन्द्र मल्ल ठकुरी
इमान्दार भएर आफ्नो कर्ममा लाग्नुपर्छ । ढिलो, चाँडो प्रसिद्ध भइन्छ ।
सुदीप पौडेल
प्रसिद्ध नाम राख्नुपर्छ ।
रूपक तामाङ
डोरी नलगाई बन्जी जम्प गर्नुपर्छ ।
सुदीप
आत्मसन्तुष्टि हुने कार्य गर्नुपर्छ । काम सही भयो भने नाम त आफैं कमाइन्छ ।
स्र्पाकल स्पिरिट
प्रसिद्ध हुन प्रसिद्ध नै हुनुपर्छ ।
लक्ष्मण थापा
मलाई नाम कमाउनु छैन । बरु पैसा कमाउन के गर्नुपर्छ जानकारी पाए आभारी हुने थिएँ ।
बटारिएको उल्लु
दीर्घकालीन रूपमा हो भने राम्रो असल काम गर्नुपर्छ । होइन क्षणिक अवधिका लागि हो भने गलत काम गरे हुन्छ ।
केसी चोभारे
सरकारी निर्णयविरुद्ध उभिनुहोस्, रातारात प्रसिद्ध भइन्छ ।
राज मैनाली
लोडसेडिङ हटाउनुपर्छ ।
राजबहादुर शाही
हिजो–आज चाहिँ धेरैवटीसँग विवाह गर्नुपर्छ ।
वानेम लिम्बू
अरूभन्दा पृथक काम गर्नुपर्छ ।
उपेन लिम्बू
आफ्नो नाम परिवर्तन गरेर प्रसिद्ध बनाउनुपर्छ ।
सन्जु
कि त धेरै नराम्रो काम गर्ने, कि त धेरै राम्रो काम गर्नेहरू चर्चित हुन्छन् यहाँ ।
दीपक विष्ट
सहिद बन्नुपर्छ ।
डेभिड विश्वास
नेता बन्नुपर्छ ।
वायरलेस हार्ट
नेपालमा भ्रष्टाचार गर्नेहरू बढी चर्चामा हुन्छन् । अरू ठाउँमा त मेहनत गर्नुपर्छ ।
भरत उप्रेती
आफूमा भएको प्रतिभा चिनेर काम गर्नुपर्छ ।
सन्दिप दाहाल
हामी जुन काम गर्छौं, त्यसमा उत्कृष्ट परिणाम दिनुपर्छ ।
नीरज रजौरे
केका लागि नाम कमाउने ?
गणेश वली
कुन्नी के पनेरुसँग विवाह गर्नुपर्छ । नेपाली पोर्न स्टारका श्रीमान्का रूपमा त्यसै चर्चामा आइन्छ ।
डिल्ली काफ्ले
कि राम्रो काम गर्ने, कि नराम्रो काम गर्ने ।
महेन्द्र खरेल
नेपालमा गुन्डा नाइकेहरू नै सर्वाधिक चर्चित छन् । त्यही बन्ने कि ?
यज्ञ थापा
सबैभन्दा राम्रो काम गर्नुपर्छ । अरूको मन जित्न सक्नुपर्छ । यति गरे जस्तोसुकै क्षेत्रबाट नाम कमाउन सकिन्छ । नेता राजनेता नै बन्नुपर्दैन ।
भोला अधिकारी