असार ८, २०७४
नेपाली कला र संस्कृति जर्गेना गर्ने उद्देश्यले दक्षिण कोरियामा राई एल विक्रमको दोस्रो द बर्ड एन नेचर चित्रकला प्रदर्शनी हुने भएको छ ।
नेपाल ललितकला मञ्च दक्षिण कोरियाको आयोजनामा राईको द बर्ड एन नेचर एकल चित्र कला प्रदर्शनी असार १८ गतेदेखि १५ दिनसम्म सञ्चालन हुनेछ । प्रदर्शनी गर्मी बिदाको अवसर पारेर आयोजना गरिएकाले अवलोकनकर्ताहरूले भरपुर मनोरञ्जन प्राप्त सक्ने आशा राखिएको छ । ५ सयभन्दा बढी चित्रकलापारखीले प्रदर्शनी अवलोकन गर्ने अनुमान आयोजकहरूको छ ।