मेष
व्यक्तिगत क्षमताबाट जवाफदेही कार्य सम्पन्न गरी नयाँ उचाइमा पुगिनेछ । सुखद पारिवारिक वातावरणलाई बाहिरी कुराले खलबल्याउन सक्छ । काममा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । हठी भावना र विचारका कारण प्रेमी–प्रेमिकाबीच खटपट सिर्जना हुन सक्छ । इच्छा नहुँदा–नहुँदै बाध्यात्मक निमन्त्रणामा धन खर्चनुपर्नेछ ।
वृष
व्यवसायको सिलसिलामा विदेश भ्रमण हुनेछ । प्रयासहरू सफल हुँदै जानेछन् । व्यवसायिक क्षेत्रमा सुधारका संकेत देखा पर्दैछन् । धातुको कारोबारमा लगानी गर्दा लाभ हुने देखिन्छ । नीलो रंगको पहिरन तथा बोलीको प्रभावले रोकिएका काम सुचारु हुनेछन् ।
मिथुन
खराब आचरण भएकाहरूबाट टाढा रहनुमै आफ्नो कल्याण छ । सहयोगी हातका कारण आर्थिक हैरानी झेल्नुपर्ने छैन । शक्तिशाली व्यक्तिसँगको भेटघाटले नौलो कुरा सिक्ने अवसर जुटाउनेछ । प्रेमी–प्रेमिकाको सहयोग एवं सद्भावबाट उचाइमा पुग्न सकिनेछ । अध्ययनका क्रममा विदेश यात्रा हुनसक्छ । विभिन्न प्रतियोगितामा सफलता हात लाग्नेछ ।
कर्कट
आफ्नो व्यवसायलाई उचाइमा पुर्याउन अभिभावकको सुझाव आत्मसात् गर्नुपर्नेछ । प्रशस्त आम्दानी हुने कामबाट परिवारका सदस्यहरूको प्रशंसा प्राप्त हुनेछ । तपार्इंको भावी कार्ययोजनाको पनि कदर होला । दान–पूण्यको काममा संलग्न हुँदा प्राप्त हुने आत्मविश्वासले व्यवसायलाई नयाँ उचाइमा पुर्याउनेछ ।
सिंह
गोपनीयता कायम राख्दै सम्पन्न गरिएको कार्यले अपेक्षाभन्दा छिटो सफलता दिलाउनेछ । साथीभाइसँग नगद कारोबार गर्दा ध्यान पुर्याउनुहोला । नौलो स्थानको यात्राका क्रममा हुने भेटघाटले मनोबल बढाउनेछ । भोजभतेरमा संलग्न भै अबेरसम्म मनोरञ्जन गर्दा समयको ख्याल गर्नुपर्नेछ ।
कन्या
मझौला किसिमका लगानीबाट धनआर्जन गर्न सकिनेछ । सामाजिक क्षेत्रमा काम गर्ने अवसर जुट्नेछ । पैतृक सम्पत्ति उपयोग गर्दा थप फाइदा उठाउन सकिनेछ । प्रेमसम्बन्धमा सावधानीपूर्वक निर्णय गर्नुहोला । मौसमी फेरबदलमा स्वास्थ्यको ख्याल गर्नुपर्ने छ ।
तुला
सेतो रंगलाई प्राथमिकता दिँदा थप फाइदा हुन सक्छ । नयाँ अवसर हात पार्न कठोर मेहनत गर्नुपर्नेछ । कुनै पनि काम दु्रत गतिमा सम्पन्न गर्नुपर्ने चुनौती टरिसकेको छैन । प्रेम प्रस्ताव प्राप्त हुनसक्छ । साताको अन्त्यमा खर्चिलो भ्रमणको योग छ ।
वृश्चिक
ध्यानपूर्वक गरिएको कामले लाभ प्रदान गर्नेछ । नयाँ कार्य प्रारम्भ गर्दा आफ्नो मात्र नभै अभिभावकको रुचिको पनि ख्याल गर्नुहोला । रोजगारीका लागि भौंतारिनुपर्ने स्थिति छ । अन्तर्वार्ता तथा परीक्षाहरूमा सामेल हुदाँ संयमित रहनुहोला । पहेंलो रंगको प्रयोगले अनपेक्षित परिणाम दिलाउन सक्छ ।
धनु
पुन: प्रयत्न गर्दा रोकिएका काममा सफलता प्राप्त होला । विपक्षीले स–साना त्रुटि औंल्याउन सक्छन् । लगानीले गतिलो आम्दानी हात लगाउनेछ । साताको अन्त्यतिर फजुल खर्चले पिरोल्नेछ । सप्ताहन्तमा पाहुनासँग रमाउँदै विशेष परिकारको आनन्द लिन पाइनेछ ।
मकर
मेहनतपूर्वक गरिएको काममा समेत अपजस मिल्न सक्छ । गुप्त शत्रुहरू हावी हुने हुँदा ठूलाखाले योजना अघि नबढाउनुहोला । लगानी नगरी मुनाफा चाहने पार्टनरसँग भेट हुन सक्छ । धार्मिक क्षेत्रको सहयोगमा महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ ।
कुम्भ
परिश्रम गरेअनुरूप राम्रै फल पूाप्त हुनेछ । खर्च बढ्नाले आइतबारपछि आर्थिक अभावले सताउनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । टाढाका साथीभाइसँग लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ ।
मीन
अभिभावकको भनाइ मुताबिक चल्न सके समस्याबाट मुक्त रहन सकिनेछ । कठोर परिश्रम गर्ने समय आएको छ । अवसरको फाइदा उठाउनुहोला । चुनौतीलाई परास्त गर्न थप समय दिनुपर्नेछ । ब्रह्ममुहूर्तमा उठी योग गर्नाले मानसिक तनाव एवं थकान निर्मूल हुनेछ ।