साप्ताहिक संवाददाता
क्यामेरा फोन ब्रान्ड ओप्पोले कालो रङ्मा एफथ्रीको नयाँ भर्सन सार्वजनिक गरेको छ । मध्यमवर्गीय बजार लक्षित गर्दै कालो रङमा सार्वजनिक एफथ्री ब्ल्याक भर्जनको मूल्य ३२ हजार ९ सय ९० रुपैयाँ छ ।
कम्पनीले केही समयअघि ओप्पो एफथ्री प्लसपछि सार्वजनिक गरेको एफथ्री गोल्ड भर्जन, डुअल फ्रन्ट क्यामेरासहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो स्मार्टफोन हो । ओप्पो एफथ्रीमा डुअल फ्रन्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र गु्रप (सामूहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्स सहितको क्यामेरा जडान गरिएको छ ।
डुअल सेल्फी क्यामेराका साथै, ओप्पो एफथ्रीमा १३ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा उपलब्ध छ । यसमा पीडीएएफ प्रविधिका साथै १/३ इन्च सेन्सर पनि छ । एफथ्रीमा ४ जीबी र्याम तथा ६४ जीबी रोम सहितको कलर ओएस ३.० (सञ्चालन प्रणाली) र ओक्टा–कोर प्रोसेसर छ । फोनमा जडान गरिएको ट्रिपल स्लोट कार्ड ट्रेमा दुईवटा नानो सिम र मोइक्रोएसडी कार्ड एकसाथ प्रयोग गर्न सकिन्छ ।
प्रयोगकर्ताले लामो समय सम्म फोनको निरन्तर प्रयोग गर्ने सुविधा प्राप्त गरुन् भन्ने सोचका साथ यसमा ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।