असार १२, २०७४
अभिनेता टाइगर श्राफकी प्रेमिकाका रूपमा चर्चामा आएकी दिशा पटानीले ‘बागी’ को सिक्वेल ‘बागी–२’ मा टाइगरसँगै रोमान्स गर्ने निश्चित भएको छ ।
चलचित्रका निर्माता साजिद नाडियाडवाला यो चलचित्रमा त्यस्ती अभिनेत्रीलाई अभिनय गराउन चाहेका थिए जसले टाइगरसँग यसअघि काम नगरेकी हुन् अनि उक्त जोडी आकर्षक पनि देखियोस् । लुक टेस्टका क्रममा टाइगर र दिशाको केमेस्ट्री आकर्षक देखिएपछि अभिनेत्रीको भूमिकाका लागि दिशा नै छनोट भएकी बताइन्छ ।