साप्ताहिक संवाददाता
वर्षामा पानी पर्दा अन्य भागको मेकअप सामान्य बिग्रिए हातले मिलाउन मिल्छ तर आँखा र ओठको मेकअपलाई मिलाउन केही गाह्रो हुन्छ ।
-आइ मेकअप गर्दा बाटरप्रुफ प्रोडक्ट आइलाइनर, आइस्याडो, मस्करा, गाजल आदि नै प्रयोग गर्नुपर्छ ।
-लिप मेकअपमा प्रयोग हुने लिपिस्टिक पनि वाटर प्रुफ
नै लगाउनुपर्छ ।
- कम्प्याक्ट क्रिम वा फाउन्डेसन पनि सकेसम्म वाटर प्रुफ नै प्रयोग गर्नु उपयुक्त हुन्छ ।
- लुगा लगाउदाँ शरीर नढाकिने भागमा सन प्रोटेक्सन सन्सक्रिम प्रयोग गर्नुपर्छ । जसले युभी रेहरूलाई रोक्छ ।
-वर्षाको पानीले केश फोहोर हुँदा फङ्गलको समस्या सिर्जना हुनसक्छ । यस्तोमा एक दिन बिराएर केश धुनुपर्छ । त्यसका लागि आफ्नो केशलाई सुहाउँदो स्याम्पु छनौट
गर्न सक्नुपर्छ ।
- केशलाई राम्रो बनाउन हप्तामा एक पटक हेयर ओयलले मसाज गराउनुपर्छ ।
लक्ष्मी ठाकुर, हेयर स्टाइलिस्ट
लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो