साप्ताहिक संवाददाता
असार २०, २०७४
मलाइका अरोरा खान बलिउडमा चर्चामा आइरहने अभिनेत्री हुन् । अरबाज खानसँग सम्बन्ध विच्छेद गरे पनि प्राय: सँगै देखिने मलाइका अर्को एउटा समाचारका कारण पनि चर्चामा छिन् । मलाइकाले चाँडै आफ्नो फिटनेस एप सार्वजनिक गर्दैछिन् ।
उक्त एपमार्फत मलाइकाले आफ्ना प्रशंसकहरूलाई वर्कआउट तथा इटिङ ह्याबिटसँग सम्बन्धित थुप्रै रहस्य खोल्ने छिन् । उक्त एपमार्फत मलाइकाले प्रशंसकका जिज्ञासाहरूको समेत जवाफ दिनेछिन् ।
यो एप वर्ष २०१७ को अन्त्य सम्ममा सार्वजनिक भैसक्नेछ । यसअघि शिल्पा शेट्टी तथा बिपाशा बसुले फिटनेसमा आधारित पुस्तक लेखिसकेका छन् भने डिभिडीसमेत सार्वजनिक गरेका छन् ।