साप्ताहिक संवाददाता
असार २३, २०७४
भोलि शनिबार हाइकिङ जाने सोचमा हुनुहुन्छ ? काठमाडौंबाट केही घण्टाको दूरीमा पुग्न सकिने काभ्रेको बतासे डाँडा, नमोबुद्ध, बल्थली, खोपासिसम्म ‘हाइक फर नेपाल’ ले हाइकिङको आयोजना गर्दैछ । यदि तपाईं पहिलो पटक हाइकिङ जाँदै हुनुहुन्छ भने ५ सय रुपैयाँमा ‘हाइक फर नेपाल’ को टिसर्ट खरिद गर्नुपर्ने हुन्छ । त्यसबाहेक बस भाडाका लागि ४ सय रुपैयाँ छुट्टाए पुग्छ ।
भेला हुने स्थान : भृकुटीमण्डप प्रदर्शनी हलको गेट
समय : बिहान ६ बजे
हाइकिङ अवधि : ६–८ घण्टा
आरम्भ : काभ्रेको बतासे डाँडा, नमोबुद्ध, लड्केश्वर महादेव, लड्कु खोला, बल्थली हुँदै खोपासिसम्म ।
सम्पर्क : हाइक फर नेपाल (फेसबुक पेज)