साप्ताहिक संवाददाता
असार २३, २०७४
हाम्रो दोहोरी साँझ
पोखराको पृथ्विचोकमा स्थापित हाम्रो दोहोरी साँझको सञ्चालन दोहोरी क्षेत्रकै कलाकारहरूले गरेका हुन् । दोहोरी साँझमा नियमित कलाकारका रूपमा कृष्ण गुरुङ, घनश्याम रिजाल, सीता केसी, सुरेन्द्र गुरुङ, इमेज लोक कलाकार पब्लिक च्वाइस एवार्डका विजेता सुरेश राना, सबिना गुरुङ, काजल गुरुङ, कल्पना केसी, निकिता गुरुङ, शान्ति गुरुङ, पार्वती मगर, गण्डकी तारा याम नेपाली, गोविन गुरुङ, विक्रम गुरुङ, निश्चल थापामगरले आगन्तुकहरूलाई मनोरञ्जन प्रदान गर्दै आएका छन् ।
हाम्रो दोहोरी साँझमा ७ बजेदेखि राति ११ बजेसम्म दोहोरी गीतको मज्जा लिन सकिन्छ ।