साप्ताहिक संवाददाता
असार २३, २०७४
पुरानो बानेश्वर क्षेत्रमा पनि राम्रा अनि शान्त रेस्टुराँ तथा बारहरू सञ्चालन हुन थालेका छन् । हालै बानेश्वर हाइटमा सञ्चालनमा आएको मोजो बुटिक होटल त्यसकै एउटा उदाहरण हो ।
भित्र प्रवेश गर्दा कुनै चलचित्रको छायांकन गर्ने सेटमा प्रवेश गरेझै लाग्ने यो बुटिक होटल विभिन्न किसिमका परिकार, ओपन स्पेस तथा डेकोरेशनका कारण छोटो समयमै ग्राहकहरूको रोजाइमा परिसकेको छ ।
विकेन्ड तथा विभिन्न अवसरमा यहाँ प्रत्यक्ष सांगीतिक कार्यक्रम समेत प्रस्तुत हुने गरेको छ ।