साप्ताहिक संवाददाता
गीतकार गोविन्दराज शिवाकोटीको एकल शब्द रचना र गायक कृष्ण भट्टराईको एकल स्वर रहेको गीतिसंग्रह कुलकुल सार्वजनिक भएको छ ।
राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ गीतकार रत्नशमशेर थापाले एल्वम सार्वजनिक गरेका हुन् । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा अतिथि रहेको उक्त कार्यक्रमको सभापतित्व भने गीतकार गोविन्दराज शिवकोटीले गरेका थिए ।
गायक कृष्ण भट्टराईले गीतकार शिवाकोटीले आफूलाई विश्वास गरेर एकल एल्बमको गीत नै गाउने अवसर दिनुभएकोमा खुशी व्यक्त गर्दै आफू अबको सांगीतिक यात्रामा निरन्तर अगाडि बढ्ने बताए । त्यसैगरी गीतकार गोविन्दराज शिवकोटीले गायक थापाका गीत सुनेर प्रभावित हुँदै गीत लेखनमा लागेको बताउँदै आज प्रत्यक्ष भेट्न पाएको छु, भन्दै खुशी व्यक्त गरे ।
एल्बमभित्र तीन गीत समावेश छन् । कुलकुल, आज फेरी, तिमीलाई नदेख्दा, आज फेरी जस्ता गीत समावेश गरिएका छन् । जसमा शंकर थापा, अर्जुन पोखरेल र धनु ग्याङ्मीले संगीत गरेका छन् । एल्बमलाई डस म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।
कुल कुल गीतको म्युजिक भिडियो