साप्ताहिक संवाददाता
प्रेम प्रकृतिले दिएको महत्वपूर्ण उपहार हो भने चुम्बन माया अभिव्यक्त गर्ने माध्यम हो ।
सिर्जु बराल, मोडल
मायाबिना चुम्बन हुँदैन र चुम्बनबिना मायाको अर्थ छैन ।
भूपेन्द्र खड्का, गीतकार
मायाकै सम्बन्ध छ ।
प्रदीपकुमार उदय, निर्माता
मलाई चाहिँ माया र चुम्बन बिल्कुलै फरक लाग्छन् । चुम्बन बैंसको आवेग र बेहोसीको पराकाष्ठामा हुनसक्छ भने माया त बिल्कुलै भावनाको उपज हो ।
डीपी खनाल, गीतकार
गहिरो छ ।
दिनेश सिटौला, सञ्चारकर्मी
एक–अर्काका परिपूरक हुन् । प्रेमबिनाको चुम्बन त्यति रमाइलो हुँदैन ।
सुशिल नेपाल, भिजे
‘वाउ’ वाला सम्बन्ध छ ।
रमिला अधिकारी, मोडल
मनको सम्बन्ध छ ।
जीवन आचार्य, अभिनेता
माया देखाउन ओठले बोलेर नपुगेपछि ओठले छोएर देखाउने उपाय नै चुम्बन हो ।
लक्षु निरौला, गायक
हरेक चुम्बनमा माया नहुन सक्छ, तर हरेक मायामा चुम्बन अवश्य हुन्छ ।
वर्षा बस्नेत, सञ्चारकर्मी
जब कसैको धेरै माया लाग्छ अनि चुम्बन गरिन्छ कि ?
जेबिका कार्की, अभिनेत्री
चुम्बनबिना पनि माया हुन सक्छ । माया शरीरसँग मात्र सम्बन्धित हुँदैन, मनको माया सबैभन्दा ठुलो कुरा हो ।
उषा खड्गी, मिस नेपाल–२०००
माया र चुम्बनबीच निकट सम्बन्ध छ । जहाँ माया हुन्छ, चुम्बन स्वस्फूर्त हुन्छ । मायाबिनाको चुम्बन कल्पना गर्न सकिँदैन ।
थानेश्वर गौतम, संगीतकार
चुम्बनसहितको माया अझ बढी गहिरो हुन्छ ।
अर्जुनकुमार, निर्माता
मायाका लागि चुम्बन जरुरी हुँदैन, तर चुम्बन गर्न अपार माया जरुरी हुन्छ ।
विशाल भण्डारी, निर्देशक
गहिरो सम्बन्ध छ, ओठको सम्बन्ध छ । जति गहिरो चुम्बन, उति गहिरो माया ।
आशिष स्याङदेन, रेडियोकर्मी
चुम्बक र फलामको सम्बन्ध जस्तो छ, हो त्यस्तै छ । जब बोलेर, लेखेर वा अन्य संकेतले व्यक्त गरेर मानिसलाई चित्त बुझ्दैन, तब चुम्बन गरेर माया अभिव्यक्त गरिन्छ, कुरा यत्ति हो ।
अविरल थापा, लेखक
माया मनले गरिन्छ, चुम्बन ओठले यति नै हो फरक ।
खुश्बु खड्का, अभिनेत्री
माया सबैलाई गरिन्छ, चुम्बन विशेष व्यक्तिलाई मात्र ।
गम्भीर विष्ट, नृत्य निर्देशक
त्यही जो दिमाग र मनबीच छ ।
अर्पणा मोहपाल, इभेन्ट म्यानेजर
माया सागर हो, चुम्बन त्यसमाथि बग्ने लहर हो, जसले उर्लिरहेको सागरलाई शान्त र शीतल बनाउँछ ।
अनिल शाही, संगीतकार