धेरैको अनुमान थियो बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा कांग्रेसले हार बेहोर्छ । हुलाकी सडक, ढल निकास, स्वास्थ्य सुविधा, शिक्षित बेरोजगारीजस्ता समस्याको समाधान कांग्रेसबाट हुने कुनै सम्भावना नभएको तथा उक्त पार्टीको साख गुमेको भन्दै फाइदा उठाउने दाउमा थिए माओवादी, एमाले र राप्रपा तर परिणाम त्यसको विपरीत आयो । कांग्रेसले लामो प्रयासपश्चात् यो क्षेत्रमा आफ्नो जनाधार बनायो । तीव्र प्रतिस्पर्धामा कांग्रेसका ३८ वर्षीय मुक्तिनाथ यादव ‘किट्टु’ले मेयर पदमा बाजी मारे । उनले एमालेका जिल्ला अध्यक्ष एवं पूर्वउपप्रमुख हरिप्रसाद ज्ञवालीलाई ४ सय ७१ मत अन्तरले पराजित गरेका हुन् । यादव ०६४ सालदेखि कांग्रेस पार्टीमा लागेका हुन् । मधेसी समुदायका यादवले पहाडिया, थारु तथा मुस्लिम समुदायमा समेत राम्रो छवि बनाएका छन् ।
तपाईंका प्राथमिकता के हुनेछन् ?
गुलरियालाई बबई नदीको बाढी र कटानको ठूलो पीडा छ । बर्सेनि नदी कटानले नगरको ५० बिघाभन्दा बढी जग्गा कटान भैरहेकाले त्यसलाई व्यवस्थित गर्न लागिपर्नेछु । पण्डितपुरदेखि लटकनियासम्म तटबन्धन निर्माण गर्न गुरुयोजना बनाएर अघि बढ्नेछु । उक्त तटबन्धन निर्माण गर्न सकिए जग्गा कटान रोकिने र बाढी न्यूनीकरण भै स्थानीय बासिन्दाले सुरक्षाको आभास गर्ने थिए । यसका साथै गुलरिया नगरपालिकासँग जोडिएको भारतीय नाका मूर्तिहा नाका खुलाउने प्रयास गर्नेछु । उक्त नाका नखुलेका कारण सर्वसाधारणले धेरै दुःख पाएका छन् ।
सहरलाई कस्तो सहर बनाउने परिकल्पना गर्नुभएको छ ?
पश्चिम तराईको जिल्लाको सदरमुकाम गुलरिया सहर होइन, गाउँ हो । यहाँको ८० प्रतिशत भूभाग गाउँ छ, २० वर्ष जनप्रतिनिधि नहुँदा यहाँ कुनै विकास हुन सकेन । त्यही भएर म यो गाउँलाई सहर बनाउन लागिपर्नेछु । मेरो टिम गुलरियाको मुख्य बजार लगायत मथुराहरिद्वार, खैरापुर, पण्डितपुर, वालापुर, मोहम्मदपुर आदि बजारलाई व्यवस्थित गर्न लागिपर्नेछ । बस्तीलाई विकास गर्दै ती ठाउँमा बाटो तथा खानेपानी पु¥याउनेछौं । उत्तर, दक्षिण, पूर्व पश्चिम क्षेत्रको सडक पिच गरी गुलरियामा चक्रपथ निर्माण गर्नेछौं । बसोबास र खानेपानीको समस्या व्यवस्थित गर्नेछौं । धार्मिक तथा कृष्णसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेछौं ।
स्रोत–साधन कसरी जुटाउनुहुन्छ ?
स्रोत–साधन जुटाउन गा¥हो छ । उद्योग, कलकारखाना नभएको गुलरियामा कलकारखाना स्थापनाका लागि उद्योगीहरूसमक्ष आग्रह गर्नेछु । यहाँका खोला÷नालामा रहेका ढुंगा, बालुवालाई आम्दानीको स्रोत बनाएर अघि बढ्नेछौं ।
नगरका प्रमुख स्रोत के हो ?
ठूलो स्रोत केही छैन । उद्योगधन्दा नहुँदा समस्या छ । यहॉ अहिलेसम्म ठूला उद्योग भित्रिन सकेका छैनन् । स्रोत नहुँदा कर्मचारीलाई तलब ख्वाउन समस्या छ । नगरको आम्दानीको स्रोत शून्य भएकाले यसलाई माथि उकास्न हामी कम्मर कसेर लागिपर्नेछौं ।