साप्ताहिक संवाददाता
पोखरामा आयोजित मिस्टर एन्ड मिस कास्की–२०७४ को ट्यालेन्ट राउन्ड वर्षा गुरुङले जितेकी छिन् । ब्लू रे प्रोडक्सनद्वारा आयोजित मोडलिङ रियालिटी शोअन्तर्गत युवतीतर्फको उक्त प्रतिस्पर्धामा २५ जना युवतीले भाग लिए भने उनीहरूले फेसन शो तथा विभिन्न प्रतिभा देखाएका थिए ।
कार्यक्रममा नायक पल शाह तथा नायिका पूजा शर्मा विशेष अतिथिका रूपमा उपस्थित थिए । चलचित्र ‘म यस्तो गीत गाउ“छु’ को प्रमोसनका लागि पोखरा पुगेको उक्त जोडीले त्यहाँ सहभागीहरूलाई हौस्याएका थिए ।
यो प्रतिस्पर्धामा प्रतियोगीहरूबीच विभिन्न चरणमा प्रतिस्पर्धा गराई विजेता छनौट गरिनेछ । त्यसका लागि प्रतियोगीले हरेक शनिबार हुने प्रतिस्पर्धामा भाग लिई अघिल्लो चरणमा प्रवेश गर्नुपर्छ भने अन्तिम प्रतिस्पर्धा १५ जना युवा तथा १५ जना युवतीबीच हुनेछ । प्रतियोगीहरूको ग्रान्ड फिनाले आगामी भदौ १० गते पोखरामा हुने कार्यक्रम संयोजक संकल्पले बताएका छन् ।