साप्ताहिक संवाददाता
असार २७, २०७४
ऋतिक रोशनद्वारा सुपर हिरोको भूमिका निर्वाह गरिएको चलचित्र ‘कृष’ निर्माण भएको ११ वर्ष पूरा भैसकेको छ । ऋतिकले ट्विट गर्दै कृषको चौथो श्रृंखलाको तयारी भैरहेको जानकारीसमेत गराइसकेका छन् । यतिबेला ऋतिक उक्त चलचित्रको स्क्रिप्टमा काम गर्दैछन् ।
यसबीच चलचित्र काबिलमा ऋतिकसँग अभिनय गरिसकेकी अभिनेत्री यामी गौतम कृषको यो नयाँ श्रृंखलामा प्रस्तुत हुने बताइन थालेको छ । यामीले समेत ट्विट गर्दै कृषको प्रशंसा गरेकी छिन् । यामीले ट्विटमार्फत ऋतिकमात्र नभै राकेश रोशनको समेत प्रसंसा गरेपछि कृष–४ मा उनले राम्रै भूमिका प्राप्त गर्न लागेको अनुमान गरिएको हो ।