साप्ताहिक संवाददाता
विभूति@nakkalibeauty
आज साउने सोमबार व्रत बस्ने भन्या ब्यान–ब्यानै भोक लाग्यो । बसुम् कि नबसुम् भयो ।
लोफर@loofar
पूरा मौसम नै बोलबममय भएको छ पशुपति क्षेत्र ।
N Indigenous@NituGhaley
अरेञ्ज कलरको लुगा लाको बोलबम भने मलाई, अचम्मित भएँ हनुमानजी ।
खालि खुत्रुके]@sahayatri98528
धर्मप्रति आस्था राखेर भन्दा पनि देखासिकी, बुझी–नबुझी गएजस्ता देखिन्छन् आजभोलिका बोलबमहरू ।
आशिका@aashikakanchhi
साउने सोमबार व्रत बस्ने गर्या छु, तर यस्तो पोइ पाम उस्तो पोइ पाम भनेर होइन । कस्तो पोइ पाइन्छ त्यो भाग्यको खेल हो, व्रत बसेर हुने कुरा होइन ।
Bhim Ojha@bhim_ojha
ओम नम: शिवाय । गएको सोमबारदेखि बोलबमको ब्रत सुरु । सम्पूर्ण हिन्दू धर्मावलम्बीलाई बोलबम । जय शम्भो, हर हर महादेव ।
G.Parajulee@swapnilsaroj
यो चप्पल–जुत्ता र बोलबमबीच के दुश्मनी रैछ, बुझ्नै गाह्रो । तै पनि श्रद्धालुहरूको भावनालाई सलाम– बोलबम ।
अनुप @FKanxxa
एउटा सर्प कसैको घरमा देखियो भने लौरीले हानेर मार्छन् तर त्यही सर्प शिव मन्दिरमा देखियो भने पूजा गर्छन् । तपाईंको होइन, स्थानको सम्मान हुन्छ यहाँ ।
नारान@naranJhap
वृद्ध भत्ता र सुत्केरी भत्ता बढाउनु भो । अब के गर्ने मेयरज्यू ? दुई बस रिजर्प गर्नी, बाबाकहाँ बोलबम जानी । फर्केर यो साल मरेकाहरूको नाममा सप्ताह ।
Mr.Samanti@Hariwon_Rocks
तनाव कम गर्न बोलबम जानुस् ।
Bishnu Subedi@anish_prati
लु बाहिर त बोलबममय भएछ– जय बोलबम ।
मेल्टरि@meltary1
हिन्दू राज्य भएको भए त नेपाल सरकारले बोलबम जानका लागि पनि छुट्टी दिन्थ्यो कि ?
Dipendra Karna@001karna
साउने सोमबारको प्रभाव देखिन थाल्यो– बोलबम ।
प्रदेशी कान्छा@rtulsi569
आफ्नो विश्वास न भए पनि भगवानको विश्वास छ भन्नेहरूलाई– बोलबम ।
खालि खुत्रुके@sahayatri98528
धर्मप्रति आस्था राखेरभन्दा पनि देखासिकी, बुझिनबुझी गएका जस्ता देखिन्छन् आजभोलिका बोलबमहरू ।
लोफर@looofar
पूरै बोलबममय भएको छ– पशुपति क्षेत्र ।
Deepindraw@mayapirati
बम भन्दै बोल भन्या– बोलबम ।