साप्ताहिक संवाददाता
साताभरिको थकान मेटाएर मुड फ्रेस गर्ने थलो बन्दै गएको छ— राइस बोल रेस्टुरेन्ट एन्ड बार । पोखराको लेकसाइडस्थित यो बारमा हप्तामा तीन दिन लाइभ म्युजिकको साथमा विभिन्न परिकारको स्वादमा रम्न पाइन्छ ।
यहाँ शुक्रबार र आइतबार आत्मसर्ग ब्यान्डले प्रस्तुति दिन्छ । यो ब्यान्डका विवेक पौडेल, सुजन बम मल्ल, अविन गुरुङ र सनिष कायस्थले ग्राहकको रोजाइका गीत सुनाउँछन् । शनिबार यहाँ प्रोर्भस ब्यान्डले प्रस्तुति दिन्छ जहाँ गगन थापा, धिरज गुरुङ, सुमन परियार तथा सुनिल परियारले शनिबार त्यहाँ पुग्ने दर्शकको चाहना पूरा गर्छन् । यहाँ विशेष गरी ग्राहकको रोजाइका हिन्दी, नेपाली तथा अंग्रेजी गीत प्रस्तुत गरिन्छ ।
अहिले हप्तामा तीन दिन लाइभ म्युजिक सुन्न पाइए पनि सिजनका बेला हरेक दिन संगीतको तालमा रम्न पाइने सञ्चालक अमृत गुरुङ बताउँछन् । आठ वर्ष कोरिया बसेर फर्किएका अमृतलाई यो व्यवसाय सञ्चालन गर्न उनकी श्रीमतीले सघाउँछिन् ।
परिवारका सदस्यसहित पुग्ने आन्तरिक पर्यटकको रोजाइमा पर्ने यो बारमा इन्डियन, चाइनिज, कन्टिनेन्टल, मेक्सिकन, इटालियन तथा नेपाली परिकारले ग्राहकहरूको इच्छा पूरा गर्छ । बिहान १० बजे खुल्ने यो रेस्टुराँमा बेलुका ७ बजेदेखि साढे १० बजेसम्म लाइभ म्युजिक प्रस्तुत हुन्छ ।्