साप्ताहिक संवाददाता
लोकप्रिय गायक सत्यराज आचार्यको ‘मधुशाला’ एल्वम सार्वजनिक भएको केहि समय गुज्रिसकेको छ । तर, उनी क्रमैसँग एल्वम भित्रका गीतका भिडियो सार्वजनिक गरिरहेका छन् । पछिल्लो समय यहि एल्वममा समावेश ‘नचलाउ मलाई...’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । किरण कँडेलद्वारा संगीत संयोजन गरेको उक्त गीतमा सत्यराज स्वयमको शब्द संगीत रहेको छ ।
अष्ट्रेलियामा छायांकन गरिएको सार्वजनिक म्युजिक भिडियो सुरेन फोटोग्राफीले निर्देशन गरेका हुन् । हरेक भिडियो मार्फत सामाजिक सन्देश दिदै आएको सुरेनको टिमले यो भिडियो मार्फत पनि एउटा सानो असमझदारीले पनि प्रेम सम्बन्धमा वाधा पुर्याउन सक्छ र समयमै कुराकानी मार्फत सुल्झाउनु पर्छ भन्ने सन्देश दिन खोजेको छ । त्यहाँका नेपाली समुदाय माझ उनी सुरेन श्रेष्ठको नामले परिचित छन् ।
टेक बयलकोटी छायाँकन गरेको भिडियो निशान घिमिरेले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा सिड्नी, अष्ट्रेलियास्थित लक्ष्मी होम लोनलाई पनि फिचर गरिएको छ । उक्त भिडियोको निर्माण स्याट प्रो (सुरेन्स फोटोग्राफी एन्ड टिम) ले गरेको हो ।
‘नचलाउ मलाई’को म्युजिक भिडियो :