साप्ताहिक संवाददाता
श्रावण ३, २०७४
स्मार्ट वाच र स्मार्टफोनपछि वैज्ञानिकहरू अब स्मार्ट कन्ट्याक्ट लेन्स निर्माणको अभियानमा लागेका छन् । यो लेन्सले रोबोटिक तरिकाले काम गर्नेछ । यो लेन्सले आँखाको झिम्क्याइका आधारमा काम गर्नेछ, अर्थात् आँखा झिम्क्याउँदा नै स्वचालित तरिकाले भिडियो रेकर्डिङ गर्न तथा तस्बिर खिच्न थाल्नेछ ।
यो लेन्समा अटो जुम इन र जुम आउटको सुविधा पनि उपलब्ध हुनेछ । यो नयाँ स्मार्ट लेन्समा गुगल लेन्सबाट प्राप्त हुने सुविधा पनि हुनेछ । यसको अर्थ नयाँ चिजको पहिचान पनि सहज तरिकाले हुनेछ । यसको मुख्य विशेषता के छ भने तारविहीन तरिकाले लेन्सद्वारा रेकर्ड गरिएको भिडियो तथा तस्बिर स्वचालित रूपमा फोनसम्म पुग्न सक्छ ।