साप्ताहिक संवाददाता
सौन्दर्य प्रतियोगिताको माहौलमा हवाई परिचारिकाहरुमा केन्द्रित रहने प्रतियोगिता मिस एयर होस्टेस् नेपाल थपिएको छ । हवाई परिचारिका बन्न इच्छुक तथा हवाई परिचारिका सम्बन्धी प्रशिक्षण लिइरहेका युवतीहरुका केन्द्रित रहने गरी मिस एयर होस्टेस् नेपाल २०१७ थालनी भएको छ ।
साहारा इन्टरनेसनल एयर होस्टेस् एकेडेमी आयोजनामा यो प्रतियोगितालाई फेसन ट्रेन्ड नेपालले संचालन गर्ने भएको छ । प्रतियोगिता सम्बन्धी पहिलो चरण अडिसन कार्य गत शनिबार राजधानीमा संचालन गरिएको थियो । जसमा प्रतियोगिता र हवाई परिचारिका बन्न इच्छुक युवतीहरुको राम्रै उपस्थिति देख्न पाइएको थियो ।
आयोजक संस्थाका अनुसार प्रतियोगिताका विजेताले नेपालको प्रतिष्ठित एयरलाइन्समा विमान परिचारिकाका रुपमा जागिर प्राप्त गर्नेछन् । यस बाहेक प्रतियोगिताको तालिम अवधिमा सहभागिहरुले विमान परिचारिका सम्बन्धी प्रशिक्षणका साथै सौन्दर्य प्रतियागिता सम्बन्धीत आधारभूत तालिम प्राप्त गर्नेछन् ।