बलिउडका केही लोकप्रिय अभिनेत्रीको वास्तविक उमेर एउटा भारतीय अनलाइनले सार्वजनिक गरेको छ । उक्त अनलाइनमा प्रकाशित सामग्रीअनुसार अभिनेत्री सोनम कपूर ३२ वर्षकी भइन् । उनी सन् १९८५ को जून ९ मा जन्मिएकी हुन् । आलिया भट्ट २४ वर्षकी भइन् । उनको जन्म १९९३ को मार्च १५ मा भएको हो । कट्रीना कैफ ३३ वर्षकी भइन् । उनी १९८३ को जुलाई १६ मा जन्मिएकी हुन् । परिणिति चोपडा २८ वर्षकी भइन् । उनको जन्म १९८८ को अक्टोबर २२ मा भएको हो ।
अनुष्का शर्माको उमेर २९ वर्ष भयो । उनी १९८८ को मे १ का दिन जन्मिएकी हुन् । सनी लियोन ३६ वर्षकी भइन् । उनी सन् १९८१ को मे १३ का दिन जन्मिएकी हुन् । विद्या बालन ३८ वर्षकी भइन् । उनी १९७९ को जनवरी १ मा जन्मिएकी हुन् । प्रियंका चोपडा ३४ वर्षकी भइन् । उनी १९८२ को जुलाई १८ मा जन्मिएकी हुन् । तब्बु ४५ वर्षकी भइन् । उनी १९७१ को नोभेम्बर ४ मा जन्मिएकी हुन् ।