साप्ताहिक संवाददाता
गीतकार तथा संगीतकार खेम रिजाल दोस्रो एल्बम रिया–रिदम लिएर आउँदैछन् । उनले आफ्ना छोराछोरीको नाममा एल्बमको शिर्षक जुराएका हुन् । यो एल्बममा आधुनिक, गजल, लोक, सेन्टिमेन्टल गरी सबै खालका ११ वटा गीतहरु समाबेश छन् ।
गायक कर्ण दास, मेलिना राई, किशोर शिवाकोटी, मनोजराज शिवाकोटी, रमेश कडेल, आनन्द कार्की, राज सागर, किरण गजमेर, रामकृष्ण ढकाल, बाबु बोगटी, जगदिश समाल, र एउटामा स्वयं रिजालकै भोकल छ ।
‘सबै खालका श्रोताहरुलाई हुने खालका गीतहरु छन् ।’ संगीतमा निरोज लामा, बाबु बोगटी, लक्ष्मण दियाली, राज सागर र अरु पाँच वटा गीतमा खेम रिजालले गरेका छन् र आवरण लक्ष्मण दियालीको । मिक्सिङ र मास्टरिङ ए वन म्युजिसियन स्टुडियो काठमाडौंका किशोर थापाले गरेका हुन् ।
यसअघि रिजालको सांगितिक कोशेली पहिलो भेट बजारमा आईसकेको छ । त्यस एल्बमका जे–जे हुनु भैगो अब, कुरा नचलाउ न, गुराँस फूल्यो पाखैमा झम्के फुली नाकैमा गीत चर्चित छन् ।