साप्ताहिक संवाददाता
‘सोल्टिनी...’ गीत गाएर लोकप्रिय भएका गायक सुसन साम्सोहाङ लिम्बुले आफ्नो आफ्नो जन्म दिनमा नयाँ गीत सार्वजनिक गरेका छन् । उनले बुधबार ‘तिम्रै लाग्छ पिर...’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
सञ्चारकर्मी नरेश भट्टराईले लेखेको सार्वजनिक गीतमा हरि लम्सालले संगीत तथा संगीत संयोजन गरेका छन् । अर्जुन तिवारीद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।
लिम्बु भाषाका गीतमा समेत स्थापित भैसकेका गायक लिम्बुको ‘तिम्रै लाग्छ पिर...’ गीतको म्युजिक भिडियोलाई डिआइडी फेम कोरियोग्राफर सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् । सुनिलद्वारा निर्देशित यो पहिलो म्युजिक भिडियो हो । भिडियोमा सुनिल आफैंले अभिनेत्री माला लिम्बुसंग आकर्षक नृत्य तथा अभिनय गरेका छन् । भिडियोमा सुनिलकै नेतृत्वको नेपाली ठिटोजलाई पनि फिचरिङ गरिएको छ ।
तिम्रै लाग्छ पिरको म्युजिक भिडियो :