श्रावण ५, २०७४
अभिनेत्री दीपिका पादुकोणले तनिष्क ज्वेलरीको एउटा नयाँ क्याम्पेनका लागि ताजा फोटोसेसन गराएकी छिन् । तनिष्कको ज्वेल्स अफ रोयल्टीका पछिल्ला कलेक्सनमा दीपिका निकै सुन्दर देखिएकी छिन् ।
उक्त कलेक्सन तयार पार्ने प्रेरणा भारतको आइकोनिक रोयल हाउसेजबाट लिइएको हो, चाहे ती बडौदाका महाराजा हुन् अथवा इन्दौरका । दीपिकालाई परम्परागत गरगहना सुहाउने भएकाले उनलाई नै नयाँ क्याम्पेनका लागि छनोट गरिएको तनिष्कले जनाएको छ ।
ती गहनामा दीपिकाको शाही शैली झल्किएको तनिष्कको दाबी छ ।