साप्ताहिक संवाददाता
तीज नजिकिदै जाँदा तीज विशेष विभिन्न कार्यक्रम पनि बढ्दो छ । शनिबार राजधानीको हिमालय होटलमा तीज विशेष ‘माइती मेला’ सम्पन्न भएको छ । ललित ब्युटिसियन बहुउद्देश्यीय सहकारी संस्थाले गरेको कार्यक्रममा कलाकार, पूर्वमिस नेपाल, नेतृसम्मको उपस्थिती रह्यो ।
कलाकार दीपाश्री निरौला, केकी अधिकारी, कुञ्जना घिमिरे, नेतृ आरजु देउवा, गायिका कोमल वली लगायतको उपस्थिती रहेको कार्यक्रममा आदर्श जोडीका रुपमा गायक उदय सोताङ र गायिका मनिला सोताङलाई सम्मान गरियो । नायिका केकी अधिकारी तथा ब्युटिसियन कमला श्रेष्ठ पनि सम्मानित भएको कार्यक्रममा नमुना नेपाल निर्माणका लागि ‘धुर्मुस सुन्तली फाउन्डेन’लाई ५० हजार सहयोग समेत गरिएको छ ।
कार्यक्रममा भूकम्पमा खुट्टा गुमाएका महिलाले उनेका पोते बिक्रि वितरण गरियो । ति महिलाहरुलाई सोहि संस्थाले पोते उन्ने तामिल दिएर उनीहरुले उनेका पोतेको बजार प्रवद्धन समेत गरिरहेको संस्थाकी सचिव कृति भट्टराईले बताईन ।