साप्ताहिक संवाददाता
शिवपुराणमा वर्णन गरिएअनुसार भगवान् शिवलाई प्रसन्न तुल्याउने केही उपाय र लाभ यस्ता छन् :
नटुक्रिएको चामल चढाउँदा धन प्राप्त हुने सम्भावना हुन्छ ।
तिल चढाउँदा पाप नाश हुन्छ ।
जौं चढाउँदा सुख वृद्धि हुन्छ ।
गहुँ चढाउँदा सन्तान वृद्धि हुन्छन् ।
उपरोक्त अन्न तथा तेलहन भगवान् शिवलाई चढाइसकेपछि गरिब–गुरुवालाई बाँडिदिनुपर्छ भन्ने शिवपुराणमा उल्लेख छ ।
कुन द्रव्य चढाउँदा कस्तो फल प्राप्त हुन्छ ?
शिवलिंगमा जल चढाउँदा ज्वरोमा लाभ हुन्छ भने सन्तान वृद्धिका लागि पनि यो उपाय उत्तम मानिन्छ ।
दूधमा सख्खर घोलेर चढाउँदा मस्तिष्कको क्षमता वृद्धि हुन्छ ।
उखुको रस चढाउँदा कामना गरिएका सबै प्रकारका आनन्द प्राप्त हुन्छ ।
गंगाजल चढाउँदा भोग र मोक्ष दुवै प्राप्त हुन्छ ।
शिवलिंगलाई महले अभिषेक गर्दा क्षयरोग नाश हुने मान्यता छ ।
शिवलिंगलाई गाईको शुद्ध घिउले अभिशेक गर्ने हो भने मानिसका सबै किसिमका शारीरिक
कमजोरी नष्ट हुन्छन् भन्ने विश्वास गरिन्छ ।
कुन फूल चढाउँदा कस्तो फल प्राप्त हुन्छ ?
शिवलिंगमा सेतो वा रातो आँकको फूल चढाउँदा मोक्ष प्राप्ति हुन्छ ।
चमेलीको फूल चढाउँदा वाहन सुख प्राप्त हुन्छ ।
आलसको फूल चढाउने मानिस भगवान् विष्णुको प्रिय हुन्छ ।
समीको रूखको पात चढाउँदा मोक्ष प्राप्ति हुन्छ ।
बेलीको फूल चढाउँदा सुन्दर एवं सुशील पत्नी प्राप्त हुन्छिन् ।
जुहीको फूल चढाउँदा घरमा अन्नको कमी हुँदैन ।
करविरको फूल चढाउँदा नयाँ पोसाक प्राप्त हुन्छ ।
शिवलिंगलाई पारिजातको फूलले पूजा गर्दा घरमा सुख एवं सम्पत्तिको श्रीवृद्धि हुन्छ ।
शिवलिंगमा धतुरोको फूलले पूजा गर्दा कुलको नाम राख्ने सन्तान प्राप्त हुन्छ ।
शिवलिंगमा रातो डाँठ भएको धतुरो चढाउनुलाई उत्तम मानिएको छ ।
शिवलिंगमा दुबो चढाएर पूजा गर्दा आयु बढ्छ ।