नेपाली चलचित्र उद्योगका सुन्दर नायिकाहरूमध्ये एक हुन्— निशा अधिकारी । मिसन पैसाबाट चलचित्र यात्रा प्रारम्भ गरेकी निशाको परिचय नायिकासँगै सगरमाथा आरोही हुँदै निर्माणाधीन चलचित्र झ्याइँकुटीबाट निर्मात्रीका रूपमा स्थापित हुने क्रममा छ । स्पष्ट वक्ता तथा स्पोर्टी निशाले साप्ताहिकसँग गर्मीको सकारात्मक तथा नकारात्मक अनुभव सेयर गरेकी छिन् ।
सकारात्मक पक्ष
ग्लामर्स सिजन
आफ्नो सुन्दरता खुलेर देखाउन पाइन्छ । वास्तवमा लाइट पहिरन लगाउँदा कम्फर्ट पनि फिल हुन्छ ।
पानी पिउने अवसर
गर्मीमा पर्याप्त पानी पिइन्छ, जुन स्वास्थ्यका दृष्टिले लाभदायक छ ।
शरीरमा स्फूर्ति बढ्छ
मलाई जाडोमा भन्दा गर्मीमा स्फूर्ति बढेको महसुस हुन्छ । कोठामा सिरकभित्र घुस्रिरहनुभन्दा गर्मीमा चाँडै उठेर दिनभरको योजना बनाउँछु म ।
भोक कम लाग्छ
गर्मीमा भोक कम लाग्छ । शरीर मेन्टेन गर्ने योभन्दा उत्तम उपाय अरू के होला र ?
नकारात्मक पक्ष :
चर्को घाम र गर्मी
चर्को घामका कारण बाहिर हिड्नै गाह्रो, स्किन पूरै बर्न हुन्छ । वास्तवमा यस्तो अति गर्मीले मलाई इरिटेट गर्छ ।
खाना पच्दैन
अत्यधिक गर्मीले डाइजेसनमा पनि समस्या सिर्जना गर्छ, खाना नपचेर हैरानी हुन्छ ।
घाँटीमा समस्या हुन्छ
गर्मीका कारण मनले चिसो मात्र खोज्छ । धेरै चिसो पेय पदार्थले घाँटीमा समस्या उत्पन्न हुने
डर हुन्छ ।