साप्ताहिक संवाददाता
निर्देशक मिलन चाम्सले चलचित्र लिलिबिली मार्फत हलिउडमा सक्रिय एक नेपाली चेलीलाई नेपाली चलचित्रमा प्रस्तुत गर्ने घोषणा गरेका छन् । अघिल्लो वर्ष नेपालमै छायांकन भएको हलिउडस्थित मार्भल स्टुडियोको चलचित्र डक्टर स्ट्रेन्जमा अभिनय गरेकी शिल्पा मास्केले नेपाली चलचित्रमा पदार्पण गर्न लागेकी हुन् । बेलायतमा बसोबास गर्ने शिल्पाको यो पहिलो नेपाली चलचित्र हुनेछ ।
बेलायतमा छायांकन हुने उक्त चलचित्रमा अनुबन्ध भएपछि शिल्पाले भनेकी छिन्– आफ्नै देशको चलचित्रमा नायिकाका रूपमा प्रवेश गर्ने कुराले म उत्साहित छु ।शिल्पाले नेपाली गीतका म्युजिक भिडियोमा भने अभिनय गरिसकेकी छिन् भने केही नेपाली पत्रिकाका लागि फोटोसेसन समेत गराइसकेकी छिन् ।
शिल्पाले रोहित जोन क्षेत्रीको बिस्तारै...सहित केही गीतको कभर भर्सनमा आकर्षक नृत्य गरेकी छिन् । उनले भीमसेन लामाको एउटा छोटो चलचित्रमा समेत अभिनय गरेको बताइन्छ ।