साप्ताहिक संवाददाता
छैठौं म्युजिक खबर म्युजिक अवार्ड २०७४ मा नोमिनेसनमा परेका कलाकारलाई प्रमाणपत्र वितरण गरिएको छ । साउन २२ गते राष्ट्रिय नाचघर जमलमा हुने अवार्डमा उत्कृष्ठ ५ मा परेका सम्पूर्ण कलाकारलाई प्रमाणपत्र वितरण गरिएको हो । म्युजिक खबर डटकमको आयोजना र सांस्कृतिक संस्थान जमलको सहआयोजनामा यहि साउन २२ गते अवार्ड हुँदै छ ।
अवार्डको विरोध गर्ने प्रबृती बढ्दै गएकोमा अवार्डका कार्यक्रम निर्देशक शान्तिप्रियले अवार्डको गरिमासागै कलाकारको पनि उचाई बढाउँने हुनाले अवार्ड नपाउँदैमा अवार्डको विरोध गर्ने परिपाटी नकारात्मक भएको बताएका छन् ।
कार्यक्रममा सङ्गीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, पृथ्वी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक पृथ्वी थकाली, न्यू वल्र्ड टेलरिङका प्रोप्राइटर दिपक परियार, फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा, नवोदित कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारी, भाइस प्रिन्सिपल जीबी अधिकारीलगायत अवार्डका कार्यक्रम निर्देशक शान्तिप्रिय, संयोजक सविता पोखरेलले उत्कृष्ट पााचको मनोनयनको प्रमाणपत्र प्रदान गरेका थिए ।
अवार्डका अध्यक्ष सुमन बैरागीले छैठौं संस्करणसम्म आइपुग्दासम्म सम्पूर्ण कलाकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउादै कलाकार, मिडियाले गर्दा नै अवार्डले उचाइ लिन सकेको बताए । त्यसैगरी अवार्डलाई प्रायोजन गर्ने विभिन्न संघसंस्थाले गर्दा अवार्ड सभ्य र भव्य रुपमा सम्पन्न भएको हुँदा प्रायोजकहरुप्रति आभार प्रकट गरेका थिए ।