श्रावण ११, २०७४
बलिउड अभिनेता अमिताभ बच्चन ७५ वर्षका भए पनि उनको व्यस्तता तथा सक्रियता भने घटेको छैन । हालै एउटा प्रसंगमा उनले आफू सन् २०१९ सम्मै व्यस्त भएको बताएपछि उनका प्रशंसकहरूसमेत आश्चर्यमा परेका छन् ।
अमिताभले आफ्नो ब्लगमा आफू २०१९ सम्म अत्यन्त व्यस्त रहेको उल्लेख गरेका हुन् । उनी चाँडै नै चलचित्र १०२ नट आउटमा सक्रिय हुँदैछन् । यो चलचित्रसँगै उनी केबीसीको एबीसी कार्यक्रममा व्यस्त हुनेछन् । त्यसपछि पनि उनको हातमा थुप्रै काम छन् ।
चलचित्र १०२ नटआउटमा अमिताभले ऋषि कपुरका १ सय २ वर्षीय बुवाको भूमिका निर्वाह गर्दैछन् । यसबाहेक उनी यशराज फिल्म्सको ठग्स अफ हिन्दुस्तान मार्फत पनि दर्शकमाझ आउँदैछन् ।