साप्ताहिक संवाददाता
श्रावण १५, २०७४
चीनको तिन्याङजिङमा बर्सेनि सञ्चालन हुने हजुरआमाहरूको बिकिनी प्रतियोगिताको तेस्रो संस्करणमा विशेष उत्साह देखियो । ५५ वर्षभन्दा माथिका महिलाहरूले मात्र सहभागिता जनाउन पाउने यो प्रतियोगितामा यसपटक ४ सय जना वरिष्ठ महिला प्रस्तुत भएका थिए ।
बिकिनी प्रतियोगिता भए पनि आयोजकहरूको उद्देश्य भने बुढेसकालमा उनीहरूको बुढेसकालमा उमंग जगाउने थियो । यो प्रतियोगितामा निर्णायकहरूले प्रतिस्पर्धीहरूको प्रस्तुति, मुस्कान एवं शारीरिक हाउभाउ हेरेर विजेता चयन गरेको बताइएको छ ।