साप्ताहिक संवाददाता
पोखरामै गुरुङ भाषाको एउटा चलचित्रमा अभिनय गरेर ग्ल्यामरको क्षेत्रमा पाइला अघि बढाएकी भलिबल खेलाडी सिपोरा गुरुङ यतिबेला चलचित्र भुइँमान्छेमार्फत दर्शकमाझ आउँदैछिन् । यो चलचित्रमा सिपोराले बिल्कुलै नौलो भूमिका निर्वाह गरेकी छिन् । पोस्टमार्टम गर्ने व्यक्तिको कथामा आधारित नवराज बुढाथोकीद्वारा निर्देशित उक्त २ चलचित्रमा सिपोराले अभिनेता रमेश बुढाथोकीसँग अनस्क्रिन रोमान्स गरेकी छिन्, जो सिपोराको उमेरभन्दा दोब्बर बढी उमेरका छन् ।
चलचित्रको एउटा गीतमा सिपोरा र रमेशलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । हामी ‘टिनएजर हिरो–हिरोइनको जस्तो भूमिकामा हामी छैनौं, सिपोरा भन्छिन्– ‘म एउटी विद्यार्थीको भूमिकामा छु भने रमेश दाइले पोस्टपार्टम गर्ने व्यक्तिको भूमिका निर्वाह गर्नुभएको छ । पृथक् विषयमा चलचित्र निर्माण भएकाले पनि आफू उत्साहित भएको सिपोराको तर्क छ ।