श्रावण १८, २०७४
बार्सिलोनाका फुटबलर नेयमारमा स्पोर्ट्स सुको क्रेज देखेर कम्प्लेक्स म्यागजिनले उनलाई स्निकर सपिङ सिरिजका लागि छनौट गरेको छ । कम्प्लेक्स म्यागजिनले सञ्चालन गरेको सपिङ सिरिजमा नेयमारले १९ लाख १८ हजार रुपैयाँ बराबरको जुत्ता किने । यति पैसाको जुत्ता किनेपछि प्रतिसाता ६ करोड ७० लाख रुपैयाँ पारिश्रमिक पाउने नेयमार किनमेलको अर्को चरणमा प्रवेश गरेका छन् ।
जुत्ताका सौखिन नेयमारले गत वर्ष पनि नाइक र जोर्डनसँग मिलेर आफ्नै किसिमको जुत्ता एयर जोर्डन हाइपरभेनोम–२ लाई अन्तर्राष्ट्रिय बजारमा ल्याएका थिए । नाइक र जोर्डनसँगको सहकार्यमा नेयमारले ‘एयर जोर्डन भी’नेयमार’ ब्रान्डको जुत्तासमेत निर्माण गरेका थिए ।