साप्ताहिक संवाददाता
श्रावण १९, २०७४
गायक विनोद कँडेलको स्वरमा रहेको ‘भुतुक्कै पार्यौं नी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक विनोद कँडेल र मोडल अनिशा न्यौपाने फिचरिङ भिडियोलाई विपिन रिजालले निर्देशन गरेका हुन् ।
सार्वजनिक गीतमा जोन शर्माको शब्द/संगीत छ भने प्रदीप जोशीको संगीत संयोजन छ ।
प्रशान्त तामाङको कोरियोग्राफी रहेको भिडियोलाई निर्देशक विपिनले नै खिचेका हुन् । भिडियोका सम्पादक भरत रेग्मी हुन् ।
भुतुक्कै पार्यौं नीको म्यूजिक भिडियो :