साप्ताहिक संवाददाता
श्रावण २१, २०७४
गायक प्रमोद खरेलले आज साउन २१ गते शनिबार पोखरामा आफ्नो प्रस्तुति दिने छन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा पोखरा सभागृहमा हुने दोस्रो पोखरा स्पोर्ट एवार्डको एउटा प्रमुख आकर्षणका रूपमा सञ्चालन हुने सांगीतिक कार्यक्रममार्फत खरेलले वातावरणलाई रमणीय बनाउनेछन् ।
कार्यक्रममा गायक विनोद बानियाँको प्रस्तुति अर्को आकर्षण हुनेछ । विभिन्न नृत्य बीबोइङ, जुम्बा डान्स, खेलाडीहरूद्वारा र्याम्प वाक, खेल तथा राष्ट्रिय भावका गीतमा नृत्य एवं मार्सल आर्ट्सका खेलाडीहरूको प्रस्तुतिसमेत कार्यक्रमको आकर्षणमा रहनेछ । यो कार्यक्रम दिउँसो २ बजे प्रारम्भ हुने बताइएको छ ।