साप्ताहिक संवाददाता
श्रावण २१, २०७४
आज शनिबार बेलुकी के गर्दै हुनुहुन्छ ? शनिबार, बिदाको दिन भनेर अल्छी मान्दै घरमै बसिरहनु हुन्छ कि ? शरीरलाई स्वस्थ एवं फुर्तिलो बनाउन बिदाको साँझ सदुपयोग गर्नुहुन्छ ? बिदाअनुसार पार्टी पनि हुने र फिटनेस पनि । नेक्स्ट स्टेप फिट्नेसले आज शनिबार साँझ फोर्थ एनुअल अक्वा फिट्नेस एन्ड पुल पार्टीको आयोजना गरेको छ । पौडी पोखरीमा डुब्दै जुम्बा डान्स एवं खानपिनको रमाइलोमा सहभागी हुने कि ?
मिति : साउन २१ गते, शनिबार स्थान : उडल्यान्ड कम्प्लेस, दरबारमार्ग
समय : ३ बजे साथमा : डिनर प्रवेश शुल्क : प्रतिव्यक्ति रु. दुई हजार