साप्ताहिक संवाददाता
म्यूजिक भिडियो हुँदै चलचित्रमा आएका पल शाहलाई उनका फ्यानले चलचित्रमा पनि उत्तिकै रुचाए जति म्यूजिक भिडियोमा रुचाएका छन् । पहिलो चलचित्रमा ठिकै प्रतिकृया पाएका पलले दोस्रो चलचित्र ‘म यस्तो गीत गाउँछु’बाट भने निक्कै राम्रो प्रतिकृया पाएका छन् ।
यो फिल्मका कारण केहि चलचित्रका अवार्ड तथा फिल्मी कार्यक्रममा पल र फिल्मकी नायिका पुजा शर्मालाई सँगै देखेका दर्शकले पर्दाको जोडी पनि हेरेपछि सुहाएको जोडीका रुपमा चर्चा गरे । उनै पल एक म्यूजिक भिडियोमा मोडल जुना सुन्दासका साथमा देखिएका छन् ।
किरण भुजेलको गीत ‘बरिलै’मा डान्सिङ मुडमा जुना र पललाई जोडीका रुपमा प्रस्तुत गरिएको छ । विकास सुवेदीले निर्देशन गरेको म्यूजिक भिडियोमा पल पुर्णरुपमा डान्स सहित देखा परेका छन् । डि.पी. खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा उदय राज पौडेलकको संगीत संयोज रहेको छ ।
बरिलैको म्यूजिक भिडियो :